ललितपुर महानगरपालिका वडा नम्बर ६ लाई यहाँको जीवित शिल्पकलाको मूर्त सम्पदाका आधारमा वर्गीकरण गरिएको छ । विभिन्न आयामका हस्तशिल्प, धातुको मूर्ति, काष्ठकला, मूर्तिकला, प्रायः सबैले यस कलालाई पेशाको रूपमा अंगालेर जीवनयापन गरेका छन् । ललितपुर महानगरपालिका बिश्वोको ३५ औं शिल्प नगरको रूपमा सूचीकृत हुनु पछाडिको कारण यस्तै अन्य वडामा भएका सम्पदाहरूका र बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थलको रुपमा बनेको शिखर शैलीको महाबौद्ध मन्दिर, श्री रुद्रवर्ण महाविहार र श्री वैश्र वर्ण महाविहार यस वडाको अदभुत परिचय हुन् । त्यसैगरी शिखर शैलीमा बनेको महाबौद्ध मन्दिरले यस वडाको पहिचानलाई अन्तर्राष्ट्रिय रुपमा बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल र अन्य विदेशी नागरिकहरुलाई पर्यटनको रुपमा पनि आकर्षण गरेको छ ।...