आ.ब.२०८२/८३ वार्षिक बजेट को लागि बैठक तथा छलफल कार्यक्रम
कार्यक्रममा जनप्रतिनिधि, स्थानीय संघ–संस्था, टोल विकास समिति तथा नागरिकहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा वडास्तरीय प्राथमिकता निर्धारण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सामाजिक विकास सम्बन्धी विषयमा सुझाव संकलन गरिएको थियो। प्राप्त सुझावका आधारमा आगामी आर्थिक वर्षको बजेट योजना निर्माण गरिने जनाइएको छ। कार्यक्रमले सहभागीमूलक योजना तर्जुमा प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।